म, प्रकाश, उपेन्द्र र रमेशजी सबै जना २०६३ कार्तिक २५ गते शनिबारका दिन मनकामना माईको दर्शन गर्न जाने योजना बनायौं । Himgiri Travel Agency Pvt. Ltd. ले मनकामना दर्शन गर्न जानेहरुको लागि विशेष प्याकेजको व्यवस्था गरेको रहेछ । हामीले पनि सोही प्याकेज अर्न्तगत जाने निधो गर्यौं र शनिबार बिहान ६:०० बजे तिर हामी सबै अनामनगरमा भेला भयौं ।

करिब ६:३० बजे तिर उक्त ट्राभल एजेन्सीको बस आयो र हामी त्यस बसमा चढ्यौं । काठमाण्डौंको विभिन्न ठाउँबाट मानिसहरु उक्त बसमा चढ्न थाले । यस्तै क्रममा करिब ८:०० बजे तिर बस थानकोटमा पुग्यो र आफ्नो गन्तव्य स्थल तर्फ हानियो । केबुल कार र मनकामना माई दर्शनको यो मेरो लागि पहिलो अवसर थियो । त्यसैले म आफैमा केही हषिर्त थिए । बस आफ्नै गतिले अगाडी बढि रहेको थियो । हामी पनि कहिले गित गाउँदै त कहिले रमाईला रमाईला गफ गर्दै मनकामना यात्राको मजा लिदैं थियौं । करिब ११:०० बजे तिर बस कुरिन्टारमा रोकियो । हामी पनि केबुलकार चढि मनकामना जान अगाडी बढ्यौं । तर सायद शनिबार भएर होला त्यहाँ मानिसको भीड निकै नै थियो । हामी लाइनमा बस्यौं । करिब १:०० बजे तिर मात्र हाम्रो पालो आयो ।

करिब १:२० तिर हामी मनकामना माईको मन्दिरमा पुग्यौं ।

त्यहाँ पनि निकै भीड थियो । करिब आधा किलोमिटर जति लाईनमा हामी पनि लामबद्ध भयौं । ३:०० बजि सक्दा पनि हाम्रो पालो आउने कुनै काट छाँट नै थिएन । फेरी ६:०० बजे कुरिनटारमा हामीलाई पुग्नु पनि थियो ।

तर्सथ हामीले त्यहाँ लाईनमा बसेका एक जना मानिसलाई हाम्रो पूजा सामाग्री चर्ढाईदिन आग्रह गर्यौं र बाहिरबाट नै पूजा गरी फर्कियौं।

बिहान देखि पानी पनि नखाई बसेका कारणले हामीलाई धेरै नै भोक लागि रहेको थियो । त्यँही नजिकको एक होटलमा खाना खाई हामी कुरिनटार फर्कियौं ।

फर्किने क्रममा पनि हामीलाई निकै बेर लाइनमा बस्नु पर्यौं । ३:४५ बजे देखि लाइनमा बस्दा पनि हाम्रो पालो करिब ५:३० बजे तिर मात्र आयो । ६:०० बजे तिर बस काठमाण्डौं फर्किने भनेता पनि धेरै जना मानिसहरु मनकामनाबाट फर्किन बाँकी नै रहेका कारणले करिब ७:३० बजे तिर मात्र बस काठमाण्डौं तर्फ हानियो । राती ११:३० बजे तिर मात्र हामी आफ्नो कोठामा पुग्यौं र हाम्रो त्यो रमाइलो दिनको अन्त्य भयो ।
0 Comments:
Post a Comment
<< Home