Sunday, December 23, 2007

तिम्रो लागि सारा संसार भुलाई दिन्छु म ................................

बीबीसी विश्व सेवाले आफ्नो ७५औं वर्षगांठको अवसरमा नवप्रतिभाहरुका लागि गरेको विश्व संगीत प्रतियोगिताकै अवसर पारेर बीबीसी नेपाली सेवाले पनि नेपाली नवसांगीतिक प्रतिभाहरुको खोजी गरेको छ। त्यस क्रममा बीबीसीले पाँच वटा उत्कृष्ट गीतहरू प्रशारण गरेको थियो । उक्त पाँचवटा गीतहरू मध्ये मलाई सबै भन्दा मन परेको गीत चाँही दोश्रो हुन सफल भएको अभय एण्ड द स्टीम इन्जन्सको गीत हो । यो गीतमा अरेबिक, पाश्चात्य र नेपाली संगीतको एक गजबको फ्युजन पाउन सकिन्छ । यस प्रकारको गीतहरू नेपाली सांगीतिक क्षेत्रमा अझ आउनुपर्ने मेरो धारणा छ । तपाँई पनि यस गीतलाई सुन्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

0 Comments:

Post a Comment

<< Home